नियम ३९क
नोक्सान भएको वस्तुमा तिरेको कर कट्टी गर्ने
(१) देहायको अवस्था परी कुनै वस्तुःहानि नोक्सानी भएमा त्यस्तो वस्तुमा तिरेको कर क्ट्री गर्नको लागि प्रमाण सहित देहाय बमोजिमको अवधिभित्र कर अधिकृत समक्ष निवेदन दिनु पर्नेछः-
(क) आगजनी, चोरी, दुर्घटना, टुटफुट, ध्वंसात्मक गतिविधिका कारणले हानि नोक्सानी भएको वस्तुको हकमा त्यस्तो अवस्था भएको मितिले तीस दिनभित्र,
(ख) उपयोग गर्ने म्याद सकिएको वस्तुको हकमा साउनदेखि असोजसम्ममा उपयोग गर्ने म्याद सकिएका वस्तुको कात्तिक पच्चीस गतेभित्र, कात्तिक देखि पुषसम्ममा उपयोग गर्ने म्याद सकिएको वस्तुको माघ पच्चीस गतेभित्र, माघदेखि चैतसम्ममा उपयोग गर्ने म्याद सकिएको वस्तुको वैशाख पच्चीस गतेभित्र र वैशाखदेखि असारसम्ममा उपयोग गर्ने म्याद सकिएका वस्तुको साउन पच्चीस गतेभित्र। (२) उपनियम (१) बमोजिम परेको निवेदन छानविन गर्दा हानी नोक्सानी भएको देखिएमा कर अधिकृतले त्यस्तो हानी नोक्सानी भएको वस्तुमा तिरेको करकट्टी गर्न दिन सक्नेछ ।
तर बीमा गरिएको वस्तुको हकमा क्षतिपूर्ति प्राप्त गरेको हदसम्म हुने रकम करदाता स्वंयले करकट्टी गर्न सक्नेछ ।